प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर घटाउने अभियानमा संलग्न रहेको आरोपमा प्रहरीले
एक जनालाई पक्राउ गरेको छ ।पछिल्ला दिनमा प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्समा
उल्लेख्य कमी आएको छ । ती व्यक्तिमाथि के कस्ता अभियोग लगाइने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहका समर्थकले सुरु गरेको ‘अनफलो’ अभियानका कारण प्रधानमन्त्री केपी शर्मा
ओलीलाई ७७ हजार फेसबुक फलोअरको ठूलो घाटा भएको छ ।मेयर शाहले एमाले प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको आलोचना
गरेको पोस्ट फेसबुकबाट हटाएपछि बुधबारदेखि ओलीका फलोअरको संख्या ६लाख ६ हजारबाट ५ लाख ८९ हजारमा घटेपछि मंगलबारदेखि
अभियान सुरु भएको हो । बिस्तारै संख्यामा सुधार आउन थाले पनि शुक्रबार बिहानसम्म झण्डै ४ हजार फलोअर्स पुगे पनि अब ओलीको फेसबुकमा
फलोअरको संख्या ५ लाख ९३ हजार पुगेको छ