काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएका मुकुल ढकालले ३५ दिनभित्र कारबाहीविरुद्ध पुनरावेदन दिन पाउने भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकले उनलाई पुनरावेदन गर्न सक्ने भन्दै ३५ दिनको समय दिएको छ।
३५ दिनभित्र रास्वपाले नयाँ महामन्त्री चयन गर्ने छैन । हाल सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले नै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । कार्यवाहक प्रवक्ताको जिम्मेवारी सांसदसमेत रहेका सहमहामन्त्री मनिष झाले पाएका छन् ।