काठमाडौं । तीन महिना अघिसम्म पूर्वमन्त्री मोहम्मद अफताब आलम जेलमुक्त हुने आशामा थिए, तर हाल उनी नख्खु कारागारमा कैद जीवन बिताइरहेका छन्। २०६४ चैतमा संविधानसभा चुनावको अघिल्लो साँझ रौतहटको राजापुरस्थित फरहदवामा बम बनाउँदा विस्फोट भएको थियो। उक्त घटनामा घाइते भएका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा आलम पक्राउ परेका थिए। उनी कांग्रेसका उमेदवार थिए।