JalkapurMedia
काठमाडौं – नेपालकी यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोले आफ्नो उत्कृष्ट प्रदर्शनले विश्व क्रिकेटमा नेपाली झन्डा फहराइरहेकी छिन्। २०२५ यू–१९ महिला विश्वकपमा उनी हालसम्म ९ विकेट लिएर अग्र स्थानमा छिन्। साथै, उनले ७० रन बनाएर ब्याटिङतर्फ पनि महत्त्वपूर्ण योगदान दिएकी छिन्।
पुजाले आफ्नो प्रेरणाको स्रोत भारतीय क्रिकेटर जसप्रीत बुमराहलाई मान्छिन्। “बुमराह मेरो आइडल हुनुहुन्छ। उहाँकै कारण म यो यात्रा जारी राखेकी छु। म ‘लेडी बुमराह’ बन्न चाहन्छु,” पुजाले बताइन्।
पुजाले नेतृत्व गरेको नेपाली टोलीले हालसम्म उल्लेखनीय प्रदर्शन गरेको छ। उनी मात्र उत्कृष्ट बलर होइनन्, दबाबका क्षणहरूमा पनि टोलीलाई अघि बढाउने क्षमता राख्छिन्। ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै उनले कप्तानको भूमिकालाई मजबुत बनाएकी छिन्।
२०२५ यू–१९ महिला विश्वकपमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ। पुजाको कप्तानीमा नेपाली टोलीले बलियो प्रतिस्पर्धीलाई हराउँदै समूह चरणबाट अघि बढ्न सफल भएको छ। पुजाको बलिङ र टोलीको सामूहिक प्रयासले नेपाललाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पुजाको बलिङ शैलीमा जसप्रीत बुमराहको प्रभाव देखिन्छ। तीव्रता, लाइन र लेन्थमा सटीकता र दबाबपूर्ण परिस्थितिमा विकेट लिने क्षमताका कारण उनी ‘लेडी बुमराह’ को रूपमा चर्चित बन्दै गइरहेकी छिन्।
पुजा महतोको प्रदर्शनले नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने सम्भावना बढेको छ। उनीजस्तै युवा खेलाडीहरूको प्रेरणाले नेपालले आगामी दिनमा विश्व क्रिकेटमा बलियो उपस्थिति जनाउनेछ। ‘लेडी बुमराह’ बन्ने सपना देख्ने पुजाको यो यात्रा नेपाली खेलकुदका लागि ऐतिहासिक सावित हुने देखिन्छ।