पर्यटन प्रवद्धन र जलवायु चेतना पोखरा एभेन्जर्सले खेलमार्फत जलवायु परिवर्तनको चेतना फैलाउन महत्त्वपूर्ण मान्दै आएको छ। यो टोलीले आफ्नो जर्सी समुद्र सतहभन्दा झन्डै ४,000 मिटर उचाइमा रहेको लोमान्थाङमा अनावरण गरेको थियो। यसका साथै, विभिन्न हिमालहरूमा पुगेर झन्डा फहराएको छ
“यसकारण हामीले हाम्रो जर्सीमा अरुको विज्ञापन राखेनौं… नेपाल प्रिमियर लिगमा मंगलबार हामीले हाम्रो पहिलो खेल खेल्यौं। जीत र हारको विश्लेषण त हुने नै भयो। सँगसँगै कतिपयको नजर भने हाम्रो जर्सीमा परेको छ। धेरैको जिज्ञासा छ– अरु टिमको जर्सीमा स्पोन्सरहरुको लोगो देखियो, तपाईहरुकोमा देखिएन नि?”
त्रिपाठीले थपे, “गण्डकी पोखराजस्तो सुन्दर सहर बोकेको प्रदेशमात्रै होइन, सुन्दर हिमश्रृंखलाहरुले घेरिएको भुगोल पनि हो। गण्डकी र पोखराको मेरुदण्ड पर्यटन भएको र हामी गण्डकीलाई प्रतिनिधित्व गर्ने टिम भएको कारण त्यहाँको अर्थतन्त्रमा टेवा पुर्याउन पर्यटन प्रवद्धन गर्ने हेतुले पोखरालाई ‘Pure as Paradise’ अर्थात् ‘स्वर्गजस्तै पवित्र’ भनेर ट्यागलाइन नै दिएका छौं”।यसरी पोखरा एभेन्जर्सले जलवायु परिवर्तन र पर्यटन प्रवद्धनलाई आफ्नो मुख्य मुद्दा बनाउँदै एनपिएलमा भाग लिइरहेको छ।